२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तराईमा हुस्सु-कुहिरो, हिमाली भू-भागमा हिमपात


104
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

मंगलबार बिहान प्रदेश-१, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ को हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत भएको महाशाखाले जनाएको छ ।