१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फ्लप भइरहेका भारतीय फिल्मबारे यसो भन्छन् अभिनेता विक्की


4.251k
Shares

एजेन्सी । भारतीय अभिनेता विक्की कौशलको हालै प्रदर्शन भएको फिल्म ‘गोविन्दा नाम मेरा’ ले तारिफ बटुलिरहेको छ ।

कमेडी फिल्ममा विक्कीलाई दर्शकले रुचाएका छन् । यसअघि उनी ‘राजी, उडी, सरदार उधम’ जस्ता फिल्ममा देखिएका थिए । यसैबीच अभिनेता विक्कीले बक्स अफिसमा फ्लप भइरहेका फिल्मबारे अभिव्यक्ति दिएका छन् ।

‘राम्रो फिल्मले राम्रो कमाइ गरिरहेको छ । दर्शकहरूले निकै सहज बनाइदिनु भएको छ । यदि फिल्म चल्यो भने दर्शकलाई त्यसको भाषा र शैलीले केही फरक पार्दैन । उनीहरू फिल्मलाई उत्तिकै माया दिन्छन्,’ उनले भने ।

उनले पहिला हिन्दी फिल्म मार्केटिङको कारण चल्ने बताउँदै भने, ‘यदि तपाईंहरूले ‘भूल भुलैया २, केजिएफ २, आरआरआर, दृश्यम २’ हेर्नु भएको छ भने यी फिल्मका एकै भाषा र शैली छैन, न उनीहरूको मार्केटिङ योजना एकै खालको छ । तीन वर्षअघि जति मार्केटिङ गर्‍यो त्यति फिल्म चल्थ्यो तर अब यस्तो हुँदैन । यदि दर्शकले कुनै फिल्म मन पराए भने हेर्छन् ।’

यो वर्ष ठूला बजेटका बलिउड फिल्म ‘लाल सिंह चड्ढा, रक्षाबन्धन, शमशेरा र सम्राट पृथ्वीराज’ फ्लप भएका थिए । 

विक्की २०२३ मा मेघना गुलजारद्वारा निर्देशित फिल्म ‘साम बहादुर’मा देखिनेछन् । योसँगै उनी लक्ष्मण उटेकरको आगामी फिल्ममा पनि देखिनेछन् ।