
विराटनगर । प्रदेश-१ ले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।
यहि पुस १७ गतेका लागि अधिवेशन आह्वान गर्न मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आइतबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछ । संवैधानिक व्यवस्थाबमोजिम मन्त्रिपरिषदले बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको उहाँको भनाइ छ ।
बैठकमा प्रदेश सभा आह्वान बाहेकका कार्यसूची नभएकाले अन्य कुनै निर्णय नभएको मन्त्री घिमिरेले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्