१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महान्यायाधिवक्तामा पोखरेलकाे सिफारिस


962
Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नुभएको हो । पोखरेल माओवादीसँग निकट रहेर लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो ।

संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको प्रतिनिधि सभा विघटन गैरसंवैधानिक छ भनी उनले सर्वोच्च अदालतमा बहस समेत गर्नुभएको थियो ।

यस्तै पोखरेलले तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गर्नुभएको थियो । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा महान्यायाधिवक्त खम्म खाँतीले हिजो पदबाट राजीनामा दिनुभएको थियो ।