
काठमाडौं । संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको छ ।
सचिवालयले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका गुरुङको सांसद पद स्वत: निलम्बनमा परेको जनाएको हो।
मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वत निलम्बनमा परेको जनाएको छ ।
गुरुङ स्वतः निलम्बनमा परेका व्यक्ति भए पनि त्यसविपरीत बिहीबार सांसद पदको शपथमा सहभागी हुनु भएकाे थियाे । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उहाँले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।
प्रतिक्रिया दिनुहोस्