१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशसभाका जेष्ठ सदस्यले आज शपथ लिँदै


117
Shares

काठमाडौं । बागमती प्रदेशसभाका नवनिर्वाचित सांसदहरू मध्ये ज्येष्ठ सदस्य नेकपा (माओवादी केन्द्र) का सांसद रामप्रसाद ढुङ्गानाले बुधबार पद तथा गोपनीयताको शपथ ‍लिँदै हुनुहुन्छ ।

प्रदेश प्रमुखको कार्यालय हेटौंडामा बुधबार दिउँसो २ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले ढुङ्गानालाई शपथ गराउनु हुनेछ ।

निर्वाचन आयोगले गत पुस २ गते प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार उनको उमेर ७२ वर्ष रहेको छ । उनको जन्म वि.सं. २००६ साल असोज २ गते भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्नेछन् ।