१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधि सभाको पहिलो बैठकमै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने


3.354k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २५ गते संसदमा विश्वासको मत लिनु हुनेभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संसदको पहिलो अधिवेशन पुस २५ गतेका लागि बोलाउनुभएको छ । सोही दिन प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

दुई वा दुई भन्दा बढी दल मिलेर बनेको सरकारका प्रधानमन्त्रीले सपथ लिएको एक महिनाभित्रै संसदबाट विश्वासको मत लिनु पर्दछ । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सत्ता गठबन्धनमा रहेका दलहरुबीच अन्य पदहरुको बाँडफाँड हुने छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेशका मूख्यमन्त्रीहरु बाँडफाँड हुनेछ ।

संविधानको धारा ७७ अनुसार निर्वाचनपछिको सरकारले पहिलोपटक विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वास प्रस्ताव राख्न पाइने छैन ।