
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी (एस) का र जनता समाजवादी पार्टी (जसपा) लाई समेत सरकारमा लाने प्रयास गर्नुभएकाे छ ।
जसका लागि उहाँले बुधबार एसका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएकाे हाे ललितपुरस्थित प्रधानमन्त्री प्रचण्डको एक नातेदारको निवासमा भएको भेटमा नेपाल र यादवको पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल भएको स्रोतले जनाएकाे छ ।
आफूहरुसँगको गबठन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन गरेर प्रचण्डले सरकारको नेतृत्व लिएको भन्दै एसका अध्यक्ष नेपालले असन्तुष्टि जनाउदै आउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्