१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस बागमती संसदीय दलको नेताका लागि निर्वाचन हुँदै

'बानियाँ र लामाबीच प्रतिस्पर्धा'

507
Shares

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदैछ । मतदान दिउँसो दुई बजेका लागि निर्धारण गरिएको छ ।

दिउँसो ३ बजेसम्म हुने मतदानमा संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन् । उनीहरु दुवै संस्थापन पक्षका हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका लामाको उम्मेदवारी दर्ताका लागि सांसद कुन्दनराज काफ्ले प्रस्तावक रहेका छन् भने समर्थकमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार रहेका छन् ।

यस्तै, इन्द्रबहादुर बानियाँको उम्मेदवारी दर्ताका लागि सांसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् । बानियाँ अघिल्लो पटक पनि दलको नेता थिए ।

बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित २५ र समानुपातिकबाट १२ गरी कांग्रेसबाट कूल ३७ जना सांसद छन् ।