
सिन्धुली । सिन्धुुलीमा १ वर्षमा बलात्कार तथा यौनजन्य हिंसामा ४२ जना पीडित बनेका छन् ।
सिन्धुलीमा पछिल्लो समयमा मानवअधिकार उलंघनका १ सय २३ वटा घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीले जनाएको हाे। मानवअधिकार उलंघन र ज्यादतीमा महिला र बालिका बढी पीडित भएका छन् । बलात्कार तथा यौनजन्य दुव्र्यवहारका ४२ घटना भएको र २६ जना बालिका पीडित भएको छ । जिल्लामा राज्य पक्षबाट एक जना र गैर राज्य पक्षबाट २५ जना बालिका पीडित भएका हुन् ।
सिन्धुलीमा बालात्कारपछि गर्भवती भएपछि महिला तथा बालिकाहरुको उजुरी आउने क्रम पनि बढेको देखिएकोे छ । जिल्लामा १ वर्षमा ३ बालिका बलात्कारका कारण गर्भवती भएको तथ्यांक रहेको छ । सिन्धुलीमा एक वर्षको अवधिमा बालअधिकारसँग सम्बन्धित २७ घटना भएकामा बलात्कार १९, बलात्कार प्रयास ५, बालयौन दुव्र्यवहार २ र बालविवाहको १ घटना उजुरी प्रक्रियामा आएको देखिएको छ ।
सन् २०२२ मा महिला अधिकारसँग सम्बन्धित घरेलु हिंसाका ६८, बलात्कार १२, बलात्कार प्रयास ४, बहुविवाह ७, अपहरण तथा शरीर बन्धक १ गरी ९२ घटना भएका छन् । त्यस्तै यातना तथा कुटपिटका ३ र गैरकानूनी गिरफ्तारको १ घटना भएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्