२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


देउवाले बालुवाटार छाडे


156
Shares

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्नु भएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेको तीन दिन पछि देउवाले सरकारी निवास छाड्नु भएको हो ।

बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले उहाँ केही समय धुम्बाराहीस्थित एक निजी घर भाडामा लिएर बस्नु हुने बताइएको छ ।