१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विरोध चयन


221
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध चयन हुनुभएको छ ।

बारा(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव सर्वसम्मत रुपमा दलको नेता निर्विरोध चयन हुनुभएको जसपाको एक नेताले जानकारी दिनुभयो ।

दलका नेताका लागि अशोक राई, राजकिशोर यादव र रामसहायबीच प्रतिस्पर्धा थियो । तर, अन्त्यमा यादवलाई सर्वसम्मत दलको नेतामा निर्विरोध चयन गरिएको हो ।

रामसहाय पार्टी अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन् ।

जसपाका १२ जना सांसद छन् ।