
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहिबार सरकारी निवास बालुवाटारमा सर्ने हुनुभएकाे छ ।
बालुवाटारमा आज बुधबार सरसफाई गर्ने र बिहिबार मात्रै सर्ने तय भएको उहाँकाे सचिवालयले जनाएको हाे ।निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान नै खाली गराउनुभएकाे छ ।
देउवाको बूढानीलकण्ठस्थित निवास मर्मतको कार्य चलिरहेकाले उहाँ भाडाको घरमा बालुवाटारबाट सर्नु भएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्