२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पोस्टमार्टमका कर्मचारीको नयाँ खुलासा, सुशान्तको आँखामा चोट


2.041k
Shares

एजेन्सी । भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको साढे दुई वर्ष भएपछि दिनहुँ नयाँ खुलसा हुन थालेको छ ।

प्रहरीले उनको निधनलाई आत्महत्या भन्दै आए पनि उनका प्रशंसकहरू उनको हत्या भएको कुरामा अडिग छन् । कुपर अस्पतालमा सुशान्तको पोस्टमार्टम गर्दा त्यहाँ उपस्थित पोस्टमार्टमका कर्मचारीमध्ये रहेका एक कर्मचारी रुपकुमार साहले अर्को चकित पार्ने खुलासा गरेका छन् । सुशान्तको शव पोस्टमार्टमका लागि ल्याइँदा उनको आँखामा यस्ता निशानहरू थिए । जुन देख्दा उनलाई कसैले धेरै पटक मुक्का हानेको अनुभूति भएको बताएका छन् ।

रुपकुमारले २६ डिसेम्बरमा पहिलो पटक भारतीय सञ्चार माध्यमसँग अन्तर्वार्ता दिएका थिए । उनले उक्त अन्तर्वार्तामा सुशान्तको आत्महत्या नभएर हत्या भएको खुलासा गरेका थिए । उनले सुशान्तलाई धेरै चोट लागेको र धेरै हड्डीहरू पनि भाँचिएको बताएका छन् । यसैबीच अब उनले सुशान्तको आँखामा समेत चोट लागेको बताएका छन् ।

रुपकुमारको यस्तो खुलासा पछि सुशान्तका वकिल विकास सिंहले प्रतिक्रिया दिएका छन् । उनले सुशान्तको निधनको कारण साधारण नभएको र यसका पछाडि पक्कै कुनै न कुनै षड्यन्त्र रहेको भन्दै सीबीआईले मात्रै यो समस्या समाधान गर्न सक्ने बताएका छन् ।

भारतीय सञ्चार माधयमका अनुसार सुशान्त १४ जुन, २०२० मा बान्द्रा स्थित आफ्नो घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए । सुरुमा यो घटना आत्महत्या भएको देखिए पनि पछि मिडिया र विपक्षी दलको दबाबका कारण घटनाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो सीबीआईको पछिल्लो अनुसन्धानमा निधनको वास्तविक कारण आत्महत्या रहेको बताएको थियो ।

सीबीआईले उक्त घटनालाई लागूऔषधको कोणबाट पनि हेरेको थियो । जसमा थुप्रै भारतीय कलाकारहरू सामेल थिए । यस विषयमा लागुऔषध नियन्त्रण ब्यूरोले गहिरो अनुसन्धान गरेको थियो । जसमा सुशान्तकी प्रेमिका रहेकी रिया चक्रवर्ती ड्रग्स र सुशान्तको आत्महत्या प्रकरणमा मुछिएकी थिइन् । उनी लामो समय जेल समेत बस्नु परेको थियो ।

उनले ड्रग्स सेवन गरेको र सुशान्तलाई ड्रग्स दिएको आरोप पनि लागेको थियो । यसबाहेक रियाले सुशान्तलाई मानसिक र आर्थिक रूपमा यातना दिने गरेको आरोप पनि सुशान्तका परिवारले लगाएका थिए ।