३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


पोखराको लगातार पाँचौं हार


156
Shares

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले लगातार पाँचौ हार व्यहोरेको छ ।

लगातार पाँचौ हार व्यहोर्ने क्रममा बिहीबार पोखरालाई विराटनगर सुपर किंग्सले ८ विकेटले पराजित गरेको हो ।

जितको लागि १३६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

विराटनगरका लागि रोहित पौडेलले अविजित ७१, गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन बनाए ।

पोखराका लागि अमिर हम्जा र जाहिर खानले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनायो ।

पोखराका लागि अमिर हम्जाले अविजित ३७, सुमित महर्जनले २६, कप्तान उपुल थरंगाले २५, प्रतिश जिशीले अविजित १३ तथा आसिफ शेखले ११ रन बनाए ।

विराटनगरका लागि कप्तान आन्द्रे म्याकार्थीले ३ तथा साहब आलम, राज नानन र नन्दन यादवले समान १/१ विकेट लिए ।