१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्यनको स्पष्टिकरण : बिराज र निखिल कसैसँग मेरो कुनै दुस्मनी छैन


1.053k
Shares

काठमाडौं । अभिनेता आर्यन सिग्देल आफ्नो दुस्मनी कसैसँग नभएको भन्दै स्पष्टिकरण दिएका छन् ।

केही दिनअघि युट्युबमा सार्वजनिक भएको सञ्जय गुप्ताको पोडकास्टमा आर्यनले विराज भट्ट जत्तिको नेचुलर एक्सन गर्ने हिरो नेपालमा अरु नभएको भन्ने अभिव्यक्तिले दिएपछि उनी आलोचत बनेका हुन् ।

आर्यनले निखिल उप्रेतीलाई बेवास्था गरेको भन्दै सामाजिक सञ्जालमा चर्को अलोचना भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै स्पष्टिकरण दिएका हुन् । साथै उनले आफूबाट केही गलत भएको भए क्षमा समेत मागेका छन् ।

आर्यनले विराज र निखिलसँग कुनै पनि दुस्मनी नभएको र दुवै नेपाली फिल्मको ‘एक्सन किङ’ रहेको बताएका छन् । आफूले विराज भट्टभन्दा निखिल उप्रेती ठूलो र निखिल उप्रेतीभन्दा विराज भट्ट ठूलो भन्न नखोजेको पनि उनले स्पष्ट पारेका छन् ।

आर्यानले फेसबुकमा यस्तो लेखेका छन् :

‘हिजोदेखि मेरो बारेमा केही दुईचार जना व्यक्तिहरूले मेरो निखिल दाइ र बिराज दाइको नाम जोडेर केही अफबाह फैलाइरहेको थाहा पाए । ‘खास कुरो के थियो र के भन्न खोजिएको थियो भन्ने कुराहरू नबुझी र नसोची यसै हचुवाको भर र समाचाररट्रेलहरूको हेडलाइन हेरेर नै आ–आफ्नो अभिव्यक्ति दिनुभएको रहेछ । बिराज र निखिल कसैसँग मेरो कुनै पनि दुस्मनी छैन, र हुने पनि छैन । खै कसले किन यो अफबाह फैलाइरहेको छ थाहा छैन । मैले निखिलभन्दा बिराज भट्ट निकै ठुलो स्टार हो भन्न खोजेको थिए न त निखिल उप्रेती भन्दा बिराज भट्ट नै । दुवै नेपाली सिनेमाका एक्सन किङ हुन् । उनीहरू दुवैको नेपाली सिनेमा क्षेत्रमा निकै नै ठुलो योगदान छ । जुन हामी सबैलाई अवगत नै छ । बिराज दाइको आवाज एक्सन फाइट दमदार लाग्छ, भने निखिल दाइको स्टन एक्सन टेक्निकल रूपमा झनै खत्रा रूपमा निखिल अब्बल हुनुहुन्छ । त्यसैले मैले कसैको पनि तुलना गर्न खोजेको थिएन र गरेको पनि होइन । नेपालमा टेक्नोलोजी र स्टन एक्सन भित्र्याउने निखिल दाइ नै हुनुहुन्छ, भने बिराज दाइ नेचुरल एक्सन किङ जुन दुवै मेरा लागि उतिकै सम्मान छन् । यदि मबाट केही गलत भएको रहेछ भने त्यसको लागि सदैव क्षमा प्रार्थी छु । निखिल दाइ र बिराज दाइ मेरा निकै आत्मीय साथी मात्र नभई हामी एकदमै नजिकका फ्यामिली फ्रेन्ड पनि हौं । यदि मबाट भुलचुक केहि नराम्रो सन्देशहरू तपाईँले पाउनु भएको छ भने त्यसलाई बेवास्ता गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’