१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘पठान’ का केहि दृश्य र ‘बेशराम रंग’ गीत परिवर्तन हुने


351
Shares

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ का केहि दृश्य र ‘बेशराम रंग’ गीत परिवर्तन गरिने भएको छ ।

सेन्ट्रल बोर्ड फर फिल्म सर्टिफिकेशन (सीबीएफसी) ले बिहीबार फिल्म निर्मातालाई परिवर्तनका लागि केही सुझाव दिएको हो । ‘फिल्म रिलिज अगाडि हामीलाई परिमार्जित संस्करण बुझाउन निर्मातालाई आग्रह गरेका छौं’ पठान विवादका विषयमा सीबीएफसीका अध्यक्ष प्रशुन जोशीले भने ।

फिल्म नजिकबाट हेरेपछि सेन्सर बोर्डले यस्तो सुझाव दिएको हो । सीबीएफसीका अध्यक्ष जोशीले सेन्सर बोर्डले सधैं रचनात्मकता र दर्शकको संवेदनशीलताबीच सन्तुलन कायम राख्ने बताए ।

उनी भन्छन्, ‘फिल्मको गीतलाई अश्लीलतासँग केसर (पहेँलो) जोडेर ‘बेशराम रंग’ नाम दिइएको छ । यो गीतले बलिउडको विकृत हिन्दू विरोधी मानसिकता देखाएको छ ।’

फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । ‘पठान’ विवाद हुनुमा ‘बेशरम रंग’ मा दीपिकाले लगाएकाे भगवा बिकिनी पनि हो । फिल्मको ओटीटी राइट्स करिब १०० करोडमा बिक्री भएको छ । विवादका बीचमा पनि ‘बेशरम रंग’ गीतले २ हप्तामा १५ करोड भ्युज पाएको छ ।

२५० करोडमा निर्माण भएको फिल्म ‘पठान’ लाई गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ । विश्व हिन्दू परिषद र बजरंग दलले फिल्म गुजरातमा रिलिज भएमा कुनै अप्रिय घटना भएमा थिएटर मालिक जिम्मेवार हुने चेतावनी दिएका छन् ।