
काठमाडौं । तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्नु हुँदै पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सु–संस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
उहाँले नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।
प्र्रधानमन्त्री प्रचण्डले ल्होसारको शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्नुभएको छ ।
विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा साँस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण हुन भन्दै उहाँले ल्होसार पर्वले सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने बताउनु भएको छ ।
शुभकामना प्रधानमन्त्री प्रचण्डले यस्ता पर्वहरुले नेपालीबीच आपसी सम्बन्ध सुदृढ हुने विश्वास पनि ब्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्