१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोलुखुम्बुमा थप तीन प्रहरी चौकी


104
Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको तीन स्थानमा नयाँ प्रहरी चौकी स्थापना हुने भएको छ ।

जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउनका लागि सोलुदूधकुण्ड नगरपालिको टाप्टिङ, महाकुलुङ गाउँपालिकाको नाम्लुङ र खुम्बुपासाङल्हमू गाउँपालिकाको नाम्चेमा प्रहरी पोष्ट खडा गर्न लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहका अनुसार सगरमाथाको प्रवेशद्वारका रुपमा रहेको नाम्चेमा पर्यटक प्रहरी पोष्ट खडा गरिने छ भने नाम्लुङ र टाप्टिङमा अस्थायी प्रहरी चौकी राखिने तयारी भईरहेको छ ।

स्थानीयले शान्तिसुुरक्षाका लागि प्रहरी चौकी टाढा भएको भन्दै गरेको मागको आधारमा बढीमा दुई महिनाभित्र पोष्ट खडा गर्ने गरी प्रक्रिया अघि बढिसकेको प्रहरी नायब उपरिक्षक शाहले जानकारी गराउनुभयो ।

नाम्चेमा स्थापना हुने पर्यटक प्रहरी चौकी पर्यटकहरुको खोज उद्धार तथा समन्वयमा बढी केन्द्रित हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोलुखुम्बुमा साना ठुला गरी हाल ३८ स्थानमा प्रहरी युनिटहरु छन् ।