
सोलुखुम्बु । सोलुखुम्बुमा फर्म दर्ता गराउनेको संख्या घटेको छ ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा फर्म दर्ता गराउनेको संख्या ५६ दशमलब ४४ प्रतिशतले घटेको हो ।
घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका सूचना अधिकारी सुनिता राईका अनुसार आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि मङ्सिरसम्ममा २ सय १ वटा उद्योग र २४ वटा वाणिज्य फर्म दर्ता भएका थिए भने चालु आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा ७४ वटा उद्योग र २४ वटा वाणिज्य दर्ता भएका छन् ।
जुन संख्यात्मक हिसाबले १ सय २७ र प्रतिशतको हिसाबले ५६ दशमलब ४४ ले कमी हो ।
कार्यालयमा फर्म दर्ता गराउनेको संख्या घटेसँगै राजस्व सङ्कलनमा पनि ४८ प्रतिशतले कमी आएको छ ।
प्रतिक्रिया दिनुहोस्