७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


एकीकृत समाजवादीको स्थायी समिति बैठक आज पनि बस्दै


52
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी समिति बैठक आइतबार पनि बस्ने भएको छ । शनिबार केही नेताहरूले बोल्न बाँकी रहेपछि आइतबार पनि बैठक बस्ने भएको हो ।

शनिबार १८ जना नेताहरूले समसामयिक राजनीति र अब के गर्ने भन्नेबारे धारणा राखेका थिए ।

बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, बामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

नेकपा (एमाले) सँग एकता गर्ने विषयमा नेताहरुबीच मत भिन्नता देखिएको छ ।

गत मंसिरमा भएको निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधि सभामा १० सिट जिते पनि राष्ट्रिय पार्टी बन्न सकेन । एकीकृत समाजवादीका केही नेताहरू अब एमालेमै फर्किनुपर्ने बताउँदै एमालेका नेताहरूसँग संवादमा समेत रहेका छन् ।