२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रदेश-१ को प्रदेशसभाको पहिलो बैठक बस्दै


39
Shares

काठमाडौं । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आइतवार बस्ने भएको छ ।

नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो ।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नुहुनेछ ।

बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।

त्यस्तै, प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ ।