
काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतीष हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने चलचित्र ‘ह्रस्वदीर्घ’मा मोडल गरिमा शर्मा अनुबन्धित भएकी छन् ।
आइतबार सामाजिक सञ्जाल मार्फत नीताले उक्त कुराको जानकारी गराएकी हुन् । नीताले सामाजिक सञ्जाल फेसबुकमा उक्त कुराको जानकारी गराउँदै गरिमालाई बधाई दिँदै स्वागत गरेकी छन् ।
चलचित्रमा कलाकार अनुबन्धित हुने क्रम जारी छ । केहीदिन अघि यस चलचित्रमा अभिनेता रविन्द्र झा कलाकारको रुपमा अनुबन्धित भएका थिए । चलचित्रलाई भारतको ठूलो फिल्म सिटी रामोजी स्टुडियोमा छायांकन गरिने निर्माण टिमले जनाएको छ ।
चलचित्रमा गरिमा र रविन्द्रका अलावा बिपना थापा, सरोज खनाल, नीता ढुंगाना, हरिहर अधिकारी, सलोन बस्नेत, प्रदीप रावत, ब्रम्हानन्द लगायतका नेपाली र भारतीय कलाकार तय भैसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्