
दाङ । लुम्बिनी प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा नवनिर्वाचित सदस्यहरुले शपथ लिएका हुन् ।
प्रदेश प्रमुख अमित शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ । जसमध्ये नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना रहेका छन् ।
त्यस्तै जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३/३ जना तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसद रहेका छन् । साथै प्रदेशसभाको पहिलो अधिवेशन सोमबार दिउसो १ बजे डाकिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्