२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कंगोमा पहिरोमा परी १० जनाको मृत्यु, ९ घाइते

सयौं मानिसहरू घरबार बिहीन

104
Shares

काठमाडौं । अफ्रिकी मुलुक कंगोमा भीषण वर्षापछि आएको पहिरोमा परी करिब १० जनाको मृत्यु भएको छ ।

कंगोको दक्षिण किभु प्रान्तको फिजी एन्क्लेभमा भारी वर्षापछि आएको पहिरोमा अस्थायी खानीका १० जनाको मृत्यु भएको हो । साेही पहिराेमा परी ९ जना घाइते भएका छन् । पहिरोमा परी केही वेपत्ता र सयौं घरबारबिहीन भएका छन् । पहिरोले सोही क्षेत्रका दुईव टा सुनखानी स्थलमा क्षति पुर्याएको छ ।

पहिरोमा थुप्रै मानिस पुरिएको हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेकाे छ । कंगोमा गत डिसेम्बमा मुसलधारे वर्षाका कारण आएको बाढीले देशको पश्चिममा रहेको राजधानी किन्शासामा १ सय ६० भन्दा बढी मानिसको मृत्यु भएकाे थियाे ।