७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


देशभरकाे माैसम कस्ताे छ त ?


507
Shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

साेमबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, तराईका थोरै भू-भागमा भने हुस्सु लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

साेमबार दिउँसो भने प्रदेश-१ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

साेमबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।