९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थपिए १ जना कोरोना संक्रमित


247
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९६० जनाको नमूना परीक्षण गरिएको थियो ।

४१९ जनाको पीसीआर र ५४१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ८ जना संक्रमणमुक्त भएका छन् भने देशभर २२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।