
काठमाडौं । बाग्लुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तिलाई साढे तीन वर्ष जेल सजाय सुनाएको छ ।
बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको ईजलाशले लागू पदार्थ कारोबारको अभियोगमा घर्तिलाई ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।
गाउँपालिकाको अघिल्लो कार्यकालमा निसीखोलाको वडा नम्बर ६ को अध्यक्ष रहेका घर्ति २०७७ साल असार १२ गते ८० किलो गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए ।
बुर्तिबाङ बजारमा गाँजा खाने समूहलाई समातेपछि गाँजा आपूर्ति गर्ने व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी घर्तिकहाँ पुगेको थियो ।
घर्ति गत निर्वाचनमा निसीखोला गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्