
एजेन्सी । भारतीय अभिनेता सलमान खानललाई भेट्न उनको एक प्रशंसक ११ सय किमी साकइल चढेर जबलपुर देखी मुम्बई पुगेका छन् ।
सलमानले २७ डिसेम्बरमा आफ्नो ५७ औं जन्मदिन मनाएका थिए। त्यसबेला सलमानलाई एकपटक भएपनि झलक्क हेर्न भनेर उनको घरबाहिर हजारौं प्रशंसकको भीड लागेको थियो।
सलमानलाई सबैले भेट्न नसके पनि उनका प्रशंसक ती साइकल यात्री समिरले भेटेका छन्। जबलपुर निवासी समीरले चिसो मौसममा सलमानलाई भेट्नकै लागि ११ सय किलोमिटर साइकल चढेका थिए। सलमानले पनि आफ्ना प्रशंसकको भावनाको कदर गर्दै उनलाई भेटेका हुन्।
भारतीय सञ्चार माध्यमका अनुसार समीर सानैदेखि सलमानका ठूला प्रशंसक थिए। २२ डिसेम्बरमा, समीर जाडो मौसमको प्रवाह नगरी जबलपुरबाट साइकल चढेर २९ डिसेम्बरमा मुम्बई पुगेका थिए। त्यसपछि उनी बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर सलमान खानको प्रतिक्षा गरेर बसिरहे।
अपार्टमेन्टका सुरक्षा गार्डले सलमानलाई यसको जानकारी गराएपछि राति करिब ३ बजे सलमान सुटिङबाट फर्किएपछि उनले ती प्रशंसकलाई भेट्न अपार्टमेन्टमै बोलाएका थिए ।। त्यहाँ उनले समिरको यात्रा र जीवनका बारेमा जानकारी लिएर खाना खुवाए। साइकल र उनीसँग तस्बिर खिचाए।
धेरै वर्षदेखि आफ्नो मनपर्ने स्टारलाई भेट्ने प्रयास गर्दै आएका समीरले हरेक वर्ष डिसेम्बर २७ तारिखमा सलमानको जन्मदिनको अवसरमा सलमानलाई भेट्ने आशमा मुम्बई पुग्ने गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्