१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लेखनाथबासी खुशी


19.786k
Shares

काठमाडौं । पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथबासीमा खुशी भएका छन् । विमानस्थलको उद्घाटनसँगै अब पोखराको मात्र हैन लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने भए पछि उनीहरु खुशी भएका हुन् ।

विमानस्थल कास्कीको मात्र नभई गण्डकी प्रदेशकै गहना भएको स्थानीयबासिन्दा कृष्ण तिमिल्सेनाको भनाइ छ ।

पूर्वमन्त्री यज्ञबहादुर थापाले यस क्षेत्रको विकासमा अन्तर्राष्ट्रिय विमानस्थको भूूमिका महत्वपूर्ण रहने बताउनुभयो । विमानस्थलबाट समदूरीमा रहेको पोखराको फेवा र लेखनाथको बेगनास ताल पनि पर्ने भएकाले लेखनाथ क्षेत्रको पर्यटन विकासले फड्को मार्ने उहाँको भनाई छ ।

विमानस्थल बनेपछि विदेशी पर्यटक सिधैं पोखरा आउनसक्ने भएकाले विकास हुने उनीहरुको भनाई छ । लेखनाथ र पोखरा एउटै उपत्यका भएपनि विमानस्थल सञ्चालनमा आएपछि नजिक बनाइदिएको उनीहरुको भनाई छ । उनीहरुले जनप्रतिनिधिले समृद्धि र प्रकृतिक संरचनालाई संरक्षण गर्दै गुफा र तालको धनी सहर पोखराको पर्यटक विकासमा जुट्नुपर्ने बताएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले विमानस्थल सञ्चालन आएसँगै लेखनाथका सडक बिस्तार गर्न आवश्यक भएको बताउनुभयो ।