११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


गन्डकी प्रदेशसभा ‘बिजनेस’विहीन, बैठक एक साताका लागि स्थगित


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ ११ । गन्डकी प्रदेशसभाको बैठक एक साताका लागि स्थगित गरिएको छ ।

सोमबार दिउँसो १ बजेका लागि डाकिएको बैठक स्थगित गरिएको हो ।

विधायन समितिबाट आउनुपर्ने विधेयक नआएका कारण सदन स्थगित गरिएको प्रदेशसभाका सचिव शम्भुबहादुर खड्काले जानकारी दिए ।

प्रदेशसभा सचिवालय व्यवस्थापन कार्यविधि र प्रदेश कानुनको संशोधन विधेयक विधायन समितिमा छलफलकाक्रममा रहेको छ ।

समितिको बैठक बस्न नसकेका कारण छलफल नै नभएको समितिका सभापति मोहन रेग्मीले बताए । आउँदो प्रदेशसभा बैठकमा विधेयक पेस गर्नेगरी काम गर्ने उनको भनाइ छ ।