२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हिमालमा हिमपात र तराईमा बाक्लो हुस्सु र कुहिरो


143
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका अधिकांश भू-भागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो भने गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

बुधबार राति भने प्रदेश-१ को पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ को हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।