१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ब्राइटनले एभर्टनलाई हरायो


351
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा ब्राइटनले एभर्टनलाई हराएको छ ।

मंगलबार राति भएको खेलमा ब्राइटनले एभर्टनलाई ४–१ ले हराएको हो ।

एभर्टनको मैदानमा भएको खेलमा ब्राइटनका लागि काओरु मितोमा, इभान फर्गुसन, सोली मार्स र पास्कल ग्रसले एक एक गोल गरे । एभर्टनका डिमाराई ग्रेले एक गोल फर्काए ।

खेलको १४औं मिनेटमा मितोमाले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा फर्गुसनले गोल गर्दै ब्राइटनको अग्रता दोब्बर बनाए । ५४ औं मिनेटमा मार्सले गोल गर्दै ब्राइटनलाई ३–० को अग्रता दिलाए । ५७ औं मिनेटमा पास्कलले गोल गर्दै ब्राइटनलाई ४–० ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिमाराई ग्रेले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए पनि ब्राइटन ४–१ ले विजयी भयो ।

यस जितसँगै ब्राइटन १७ खेलबाट २७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन १५ अंक जोडेर १६औं स्थानमा छ ।