
काठमाडौं । लेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा फुल्हमसँग पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा लेस्टर सिटी फुल्हमसँग १–० ले पराजित भएको हो ।
फुल्हमका लागि एलेक्सान्डर मित्रोभिचले निर्णायक गोल गरे ।
खेलको १७ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो ।
पराजित लेस्टर १७ अंक जोडेर १३ औं स्थानमा छ भने जितसँगै फुल्हम १८ खेलबाट २८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्