९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सिन्धुलीमा चुरे पहाडको उत्थानशील अभियान सुरू


91
Shares

सिन्धुली । सिन्धुलीको संवेदनशील चुरे पहाडको उत्थानशील अभियानको थालनी गरिएको छ ।

सिन्धुलीमा चुरेको नदी प्रणालीमा आधारित व्यवस्थापन प्रणालीलाई चुस्तता र दुरूस्तता कायम गराउने लक्ष्यका साथ चुरे पहाड उत्थानशील आयोजनाका कार्यक्रमहरु संचालन गरिएको हो । चुरे उत्थानशील आयोजनाले संचालन गर्ने विभिन्न क्रियाकलापका सवालमा सोही आयोजनाका निर्देशक डा. राजेन्द्र केसी, बलराम कँडेल र अरुण पौडेलले चुरे रहे मात्र भित्री तराई र तराईको जीवन सुरक्षित रहने कुरामा जोड दिएका थिए ।

साेही कार्यक्रममा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, बागमती प्रदेश सरकारका वन निर्देशक विद्यनाथ झा, बागमती प्रदेश / मधेश प्रदेशका वन तथा वातावरण, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र चुरे उत्थानशील आयोजना लगायतका कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुकाबीच अन्तर सम्वाद गरिएको थियो ।

नदी प्रणालीमा आधारित संवेदनशील चुरे उत्थानशील आयोजनाले देशका कुल ११ जिल्लाका १३ स्थानीय तहमा आफ्ना कार्यक्रमहरु संचालन गर्न लागेको जनाएको छ । साेही आयोजनाले १ सय १३ स्थानीय तहमा कार्यक्रम विस्तार हुँदै जान थालेको जानकारी गराएको थियो ।