१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुस २६ कै दिन हामी सरकारबारे निर्णय गर्छाैं : माधव नेपाल


403
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस २६ कै दिन हामी सरकारबारे निर्णय गर्ने बताउनु भएकाे छ ।

बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताउनुभयाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । उनले अहिले राजनीतिक अवस्था प्रष्ट नभएकाले आफूहरुले निर्णय गर्न हतार नगरेको बताउनु भयाे ।

सरकारमा संलग्न दलहरुले सरकार बनाउँदा र नीति तथा कार्यक्रम बनाउँदा नसोधेको भन्दै सरकारमा जान हतार गर्न नहुने अध्यक्ष नेपालकाे भनाइ छ ।