६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नाम नजुरेको नयाँ चलचित्रमा आर्यन सिग्देल अनुबन्धित


1.573k
Shares

काठमाडौं । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको नाम बिहिन चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् ।

यसअघि उक्त चलचित्रमा अभिनेता मुकुन भुसाल अनुबन्धित भैसकेका छन् । चलचित्रको कथा भने पत्रकार लक्ष्मण सुवेदीले तयार पारेका हुन् । चलचित्रको नाम भने फाइनल नभइसकेको सुवेदीले बताएका छन् ।

सुवेदीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुराको जानकारी गराएका हुन् । उनले सिग्देलसँग सम्झौतापछिको दुई वटा तस्वीर फेसबुकमा सार्वजनिक गर्दै चलचित्रको छायांकन फागुनको पहिलो साताबाट हुने बताएका हुन् ।

जय माँ दुर्गे फिल्मसको ब्यानरमा निर्माण हुने यस चलचित्रमा छिरिङ टेन्डुप शेर्पा, बिजय चन्द र भुवनकुमार काफ्ले निर्माता रहेका छन् । त्यसैगरी चलचित्रको निर्माण व्यबस्थापकमा सुरज आचार्य रहेका छन् ।

चलचित्रमा अन्य कलाकारहरू भने तय हुन बाकिँ छ ।