१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी तल्लो सदनमा सभामुख चयनमा सकस


130
Shares

काठमाडौं । अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ मा सभामुख चयनको गाँठो अझैसम्म फुक्न सकेको छैन ।

गत जनवरी ३ तारिखमा नयाँ कार्यकाल सुरु भएको संसदमा सभामुख चयनको लागि दुई दिनमा ६ पटक निर्वाचन भईसकेको छ । तर सभामुखका आकांक्षी रिपब्लिकन सांसद केभिन म्याक्कार्थीले सभामुख चुनिन आवश्यक २१८ मत पाउन सकेका छैनन् ।

अमेरिकी तल्लो सदनमा ४ सय ३५ सांसद रहन्छन् । अहिले एक जना सांसदको पद रिक्त छ । संसदमा बहुमत प्राप्त रिपब्लिकनको २२२ सांसद छन् भने डेमोक्रेट्सहरुको २१२ सिट छ । रिपब्लिकनका चार जना सांसदहरुले आफ्नै पार्टीका उम्मेदवार म्याक्कार्थीलाई भोट दिन मानेका छैनन् ।

सभामुखका आकांक्षी म्याक्कार्थीले यी चार सांसदहरु एण्डी बिग्स, चिप रोय, म्याट गेइत्ज र लौरेन बोएबर्टलाई मनाउने कोशिस जारी राख्नुभएको छ । रिपब्लिकन पार्टीका उग्र दक्षिणपन्थी समुहले फ्लोरिडाका सांसद बाइरन डोनाल्ड्सलाई सभामुखको रुपमा अघि सारेको छ ।

सभामुख चयनको प्रयास स्वरुप बिहीबार फेरि निर्वाचन हुँदैछ । तर म्याक्कार्थीले भने सहमतिको लागि वार्ता गर्न अझै केही समय आवश्यक भएकोले बिहीबार मतदान नगराउन अपिल गर्नुभएको छ ।