१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चन्द्रागिरि मन्दिरमा दीपक र दीपा, दीपाको सिउँदोमा सिन्दुर


17.056k
Shares

काठमाडौं । अभिनेत्री दीपाश्री निरौला अभिनेता दीपकराज गिरीसँग चन्द्रागिरिमा सिउँदोमा सिन्दुर लगाएको अवस्थामा देखिएपछि अहिले भिडियोले चर्चा पाएको छ ।

दीपाको भरिएको सिउँदो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । चन्द्रागिरिको भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले टिकटकमा दिपक र दीपासँग एउटा भिडियो बनाएर पोस्ट गरेका थिए ।

उक्त टिकटक भिडियोमा दीपाको सिउँदो सिन्दुरले भरिएको छ । साथै उनी रातो सारीमा सजिएकी छिन् । उनको साथमा दीपक र पुजारी पनि छन् । यस्तो भिडियो सामाजिक सञ्जालमा भाएपछि धेरैले कुराको विषय बनाएका छन् भने कतिले फिल्मको छायांकन भनेका छन् ।

वास्तवमा दीपा र दीपक उनीहरूको आगामी फिल्म ‘छक्कापञ्जा ४’को गीत छायांकनको लागि चन्द्रागिरि गएका थिए । दीपा दीपकसहितको ‘छक्कापञ्जा ४’को टोली भालेश्वर पुगेको थियो ।