१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तयार गर्न सर्वदलीय बैठक शुरु


221
Shares

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाउनु भएको सर्वदलीय बैठक शुरू भएको छ ।

बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्ने विषयमा छलफल हुनेछ । बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतक र संसदीय दलका प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ । बैठक संसद भवन बानेश्वरमा शुरु भएको हो ।

बैठकमा सभामुख चयन, सरकारको विश्वासको मत लिने तयारी, पहिलो बैठकमा राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल हुनेछ । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । आम निर्वाचन २०७९ पछिको यो पहिलो बैठक हो । गत मंसिर ४ गते आम निर्वाचन भएको थियो । निर्वाचित सांसदहरुले सपथग्रहण गरेपनि प्रतिनिधि सभाको बैठक भने बसेको छैन ।