८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कांग्रेस सभापति देउवाले डाँके पदाधिकारी बैठक


247
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समसामयिक राजनीतिबारे छलफलका लागि पदाधिकारी बैठक बोलाउनु भएकाे छ ।

देउवाले शुक्रवार अपराह्न साढे ४ बजे आफ्ना निजी निवास धुम्बाराहीमा बैठक बोलाउनु भएकाे हाे । संसदीय दलको बैठक र प्रधानमन्त्रीको विश्वासको मतका सन्दर्भमा छलफलका लागि देउवाले बैठक बोलाएको स्राेतकाे भनाइ छ ।

यता नेकपा माओवादी केन्द्रले बुधवार उपमहासचिव जनार्दन शर्मामार्फत विश्वासको मत दिन कांग्रेसलाई प्रस्ताव गरेको थियो ।

राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औँल्याउँदै शर्माले सभापति देउवालाई भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई विश्वासको मत दिन प्रस्ताव गर्नुभएकाे थियाे ।