१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तातोपानी नाका सुचारू गर्न एमालेकाे माग


52
Shares

काठमाडाैं । नेकपा एमाले सिन्धुपाल्चोकले तातोपानी नाका पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन माग गरेको छ ।

एमाले सिन्धुपाल्चोकले आज शनिबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाउदै नाका सञ्चालनमा ल्याउन माग गरेको हो । तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो ।

चीनसँगको ऐतिहासिक नाका जोडिएको सिन्धुपाल्चोकको ताताेपानी नाका २०७२ सालको भूकम्पपछि पटक-पटक बन्द हुँदै आएको छ । एमालेले अरनिको राजमार्गको जुरे–कोदारी खण्डको सडक र पुल पुनःनिर्माणको आवश्यक अध्ययनसहितको बजेट समेत माग गरेको छ । पछिल्लो समय यस भन्सार नाकामा सुविधा सम्पन्न ड्राइपोर्टसमेतको पूर्वाधार उपलब्ध छ । तर प्रभावकारी ढङ्गबाट सुचारू हुन सकेको छैन ।

अर्थमन्त्री पैडेलले आफू यसमा सकारात्मक रहेको र पहल जारी रहने बताउनुभएको थियो ।