
काठमाडौं । बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको छ ।
विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि अनुसार दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको हो ।
बुटवलमा यसअघि दर्ता भएका एक हजार २ सय ५६ वटा ई–रिक्सा मात्रै चल्नेछन ।
दर्ता नगरी सञ्चालन भएका ई–रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधि भएको र दर्ता नभएका ई–रिक्सा पहिचानमा समस्या भएपछि बुटवल उपमहानगरपालिकाको अगुवाइमा दर्ता नभएकालाई रोक लगाइएको हो ।
दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाउँदै सञ्चालन भएको पाइएमा नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही अघि बढाउने बताईएको छ ।
नगरलाई सुन्दर, सफा र व्यवस्थित बनाउन विना दर्ताका ई–रिक्सा सञ्चालनमा रोक लगाएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
बुटवलमा झण्डै चार हजार ई–रिक्सा सञ्चालनमा रहेका छन् । उपमहानगरको निर्णयपछि दर्ता नभएका ई–रिक्सालाई उपमहानगरपालिकाले पाँच हजार रुपैयाँका दरले जरिवाना लिन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्