२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन आग्रह


78
Shares

काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग आग्रह गर्नु भएको छ ।

उहाँले नयाँ मन्त्रीहरुले बोलेका कुरा गरिदिए मुलुकको धेरै समस्या हल भएर जाने समेत बताउनुभयो । ढुवानी व्यवसायी महासंघ, नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सुशासन र सुव्यवस्था सबै ठाउँमा चाहिने भएकाले त्यसमा ध्यान दिएर सरकारले काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले व्यवसायीहरुको हित प्रवर्द्धन गर्न आफूले कानुन निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।