
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
रिक्त राष्ट्रिय सभा सदस्य पदमा हुने उपनिर्वाचनका लागि आयोगले आइतबार सूचना जारी गर्दै संविधानको धारा २७१ अनुसार दल दर्ता गर्न आह्वान गरेको हो ।
आयोगमा दर्ता कायम रहेका दलहरुले पुस २५ गतेदेखि २८ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सक्ने छन् ।
लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त थियो ।
राष्ट्रिय सभा उपनिर्वाचन यही माघ २५ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्