
एजेन्सी । भारतीय अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्राको विवाह राजस्थानमा हुने भएको छ ।
उनीहरूले भारतका शीर्ष १५ विवाह गन्तव्यमा परेको एक गन्तव्य राजस्थानलाई रोजेका छन् । जुन मुम्बईबाट हजारौं किलोमिटर टाढा छ । उनीहरूले फेब्रुअरी ६ मा राजस्थानको जैसलमेरको समुद्र तटको बीचमा रहेको सूर्यगढ होटलमा विवाह गर्ने भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार सिद्धार्थ र कियाराको विवाहको तयारी पूरा भइसकेको छ । उनीहरूले पञ्जाबी परम्पराअनुसार ब्याण्डबाजा र विस्तृत समारोहसहित विवाह गर्नेछन् ।
फेब्रुअरी ४ र ५ मा प्रि विवाह समारोह जस्तै हल्दी, मेहेन्दी र संगीत समारोह हुनेछन् भने फेब्रुअरी ६ मा विवाह हुनेछ । प्यालेस होटल र विवाह स्थलमा उच्च सुरक्षा हुने, सुरक्षाकर्मी र अंगरक्षकको समूहलाई फेब्रुअरी ३ मा राजस्थानको जैसलमेर पठाइने समाचारमा उल्लेख छ । उक्त होटलको एक दिनको खर्च करिब १ करोड २० लाख भारतीय रुपैयाँ रहेको छ ।

होटलमा अतिथिहरूलाई राजस्थानी शैलीमा स्वागत गरिने तयारी रहेको छ । पहेँलो ढुङ्गाबाट बनेको होटलमा ३ श्रेणीमा कोठा उपलब्ध छन् । जसको एक दिनको भाडा २० हजारदेखि २ लाख भारतीय रुपैयाँसम्म रहेको छ ।
करिब ४ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्