
फाइल तस्विर
काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
एटीएम ह्याक गरेर रकम चोरी भएकाे घटना यसअघि बाहिरिएपछि बैंकले सावधानी अपनाउन आग्रह गरेको हो ।
एटीएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्नुकाे साथै आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटीएमको सुरक्षित प्रयोग हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्