७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


६० सांसदको समर्थनमा एमालेका कार्कीले गरे मुख्यमन्त्रीको दावी पेस


572
Shares

काठमाडौं । नेकपा एमालेका हिक्मत कार्कीले चार दलको समर्थनमा मुख्यमन्त्री दावी पेस गर्नुभएकाे छ।

संसदीय दलका नेतासमेत रहेका कार्कीले माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्नुभएकाे हाे ।

प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका थिए । उक्त समयावधिभित्र कार्कीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गर्नुभएकाे हाे ।

प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीलाई एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० जना सांसदको समर्थन रहेको छ ।

प्रदेशसभामा कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ जना सांसदको प्रतिनिधित्व छ ।