२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तराईमा हुस्सु-कुहिरो र हिमाली भागमा हिमपात हुने


0
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

आज (साेमबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश भू-भागहरूमा हुस्सु र कुहिरो लागिरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

साेमबार दिउँसो भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साेमबार राति भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।