१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहालद्वारा मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न निर्देशन


312
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साेमबार मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न निर्देशन दिनुभएकाे छ ।

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएकाे समाचार सार्वजनिक भएकाे थियाे । समाचार सार्वजनिक भएसँगै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्धारका लागि पहल सुरू गरेकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री दाहाल यस विषयमा गम्भीर हुनु भएकाे र तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्ने उहाँकाे सचिवालयले जनाएकाे छ ।